RUMPUM
animated ellipse animated ellipse

नेपालमा थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७७, सोमबार ०९:४३
3
Shares
विराटनगर/ नेपालमा थप नौं जनामा कोरोना    संक्रमितको  पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

आज विहान रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिएसँगै संख्या बढेर ३ सय ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

हाल सम्म कोरोना संक्रमणका कारण नेपालमा २ जनाको मृत्यू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर