खबर पूर्वाञ्चल
विराटनगरमा विविध कार्यक्रम आयोजना गर्दै सो सहकारीको बार्षिक साधारण सभा आज सम्पन्न भएको हो । सहकारीको साधारण सभाको संघीय सरकारका पूर्व मन्त्री एवम प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पण्डितले सहकारीका माध्यमवाट ग्रामिण तथा सीमान्तकृत बर्गको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह भएको बताए । उनले महिला शसक्तिकरण र आत्मनिर्भरताका लागि सहकारी क्षेत्रको योगदान ठूलो रहेको समेत बताए ।
साधारण सभाको अवसरमा सो सहकारीले समाजका प्रतिष्ठित विभिन्न ब्यक्तीलाई सम्मान गरेको छ । कार्यक्रमकाबीच विराटनगर १२ का जग हिरालाल कामत र विराट राजा दरवार संरक्षण समितिका अध्यक्ष विराटनगर १८ का कमलकिशोर यादवलाई सम्मान गरिएको थियो ।
उनीहरु दुवैजनालाई पूर्व मन्त्री पण्डित र स्टार बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले दोसल्ला, कदरपत्र र फुलमालासहित सम्मान गरे ।
साँसद बसन्तीदेवी यादव, मनमोहन प्राविधिक विश्वविद्यालयको रजिष्टार डा. दिलनाथ फुयल, महेन्द्रमोरङ्ग क्याम्पसका क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिना, विराटनगर १२ का वडा अध्यक्ष हिरालाल कामत, संस्थाका सचिव डिल्ली पोखरेल लगायतले बोले ।
समाजसेवी कामत र यादवलाई बर्ष ब्यक्तीत्वको रुपमा सम्मान गरिएको सचिव पोखरेलले जानकाकारी दिए । कार्यक्रमकाबीच ३ लाखको वेणु सिता देवी अक्षयकोष घोषणा गरिएको थियो । पर्शुराम प्रसाई र श्रीमती प्रेमा प्रसाईले आफ्ना बाबुआमाको सम्झनामा अक्षयकोष स्थापना गरिएको हो । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट विराटनगरस्थित विराटेश्वर बृद्धाश्रमलाई प्रत्येक बर्ष लत्ताकपडा र खाद्यान्नकालागि सहयोग गरिने जनाईएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थाका बार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा महेन्द्र मोरङ कलेजका क्याम्पस प्रमुख बाबुराम तिम्सिना सहित आमन्त्रित अतिथिहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा समाजसेवी दिनबन्धु गोयल र संस्थाद्धारा स्थापित स्व. ओमप्रकाश –स्टार छात्रवृति ११ जना विद्यार्थीहरुलाई जनही ७ हजारका दरले वितरण गरिएको थियो । यसरी छात्रवृति पाउनेहरुमा श्री जनपथ माध्यमिक विद्यालय विराटनगरकी अनिशा श्रेष्ठ, श्री सरस्वती माध्यमिक विद्यालय विराटनगरकी दिपा प्रिया दर्शनी साह, श्री सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरकी सकुन्तलाकुमारी केसरी, श्री मिल्स माध्यमिक विद्यालय, विराटनगरका करणकुमार राजवंशी, श्री मिल्स माध्यमिक विद्यालय विराटनगरका हरिओम राजवंशी, श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरका सागर मोची, श्री मिल्स माध्यमिक विद्यालय विराटनगरकी अनिशा राजवंशी, श्री पोखरिया माध्यमिक विद्यालय विराटनगरकी निशा निरौला, श्री आदर्श माध्यमिक विद्यालय विराटनगरका पियुस झा, श्री विराट बहिरा माध्यमिक विद्यालय विराटनगरकी कञ्चन ठाकुर, श्री शिक्षा सदन विद्यालय विराटनगरकी निशाकुमारी सहनी रहेका छन् ।
सामुदायिक विद्यालयवाट एस. ई.ई. उतिर्ण ११ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्नका लागि संस्थामा ७ लाखको अक्षयकोष बनाईएकोछ ।