animated ellipse animated ellipse

सशस्त्र प्रहरीले समायो तस्करीको कपडा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७७, मंगलवार २१:१३
666
Shares
विराटनगर / भारतदेखि तस्करी गरि ल्याएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । अवैध रुपमा ल्याएको कपडा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) बखरीले आज बरामद गरेको हो ।

बिओपी बखरी विराटनगरका निमिक्त इन्चार्ज सहि बुद्धिमान तामाङ्गको नेतृत्वमा खटिएको टोलीले विराटनगर १६ दरैयाँबस्तीको उखुबारीदेखि अवैध कपडा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । प्रहरीले बरामद गरेको कपडा २ लाख ७ हजार मूल्य बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले १ सय ४० पिस लेडिज स्वीटर, सेतो सेन्डो ४० पिस, लेडिज स्वीटर १३ पिस, कुर्ता १४, एक सय केजी चिनीलगायतको सामाग्री बारमद गरेको छ । बरामद सामाग्री विराटनगर भन्सार कार्यालय विराटनगर बुझाएको छ ।

तस्करी गरि ल्याएको कपडा विराटनगरको दरैयाबस्तीकी लिबिस्टिक वाली नामले परिचित रेणु मण्डलको रहेको प्रहरी स्रोतले जनाएको छ । भरिया प्रयोग गरि तस्करीको कपडा विराटनगर प्रवेश गराउँदा सशस्त्र प्रहरीले समाएको हो । प्रहरीलाई देखेपछि तस्करीको सामाग्री ल्याउने फरार भएका थिए ।

बिओपी बखरीले सोमबार पनि भारतदेखि अवैध रुपमा ल्याएको तरकारी बरामद गरेको थियो । बरामद गरेको तरकारी सशस्त्र प्रहरीले स्थानिय जनप्रतिनिधी र स्थानियको रोहबरमा नष्ट गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर