AArya
RUMPUM
animated ellipse animated ellipse

एसईईको नतिजा सार्वजनिक,३.६ देखि ४ जीपीए ल्याउनेमा ४८ हजार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ असार २०८२, शुक्रबार २०:३९
45
Shares
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ नतिजा प्रकाशन गरेको हो ।

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

२०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्।

१२६ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर