युवा साहित्यकार नवोदित ५० हजार राशिसहित पुरस्कृत

खबर पूर्वाञ्चल, ३ श्रावण २०८०, बुधबार १८:२९
315
Shares
विराटनगर/ युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।

नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ (२०५७), ‘झरीले रुझेको गाउँ’ (२०७०) र ‘समयको बयान’ (२०७८) गरी तीनवटा कवितासंग्रह प्रकाशित छन् । एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संघसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् । कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, संगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५