पूर्वाञ्चल खबर
विराटनगर–१९ घिनाघाटमा खण्डमा रहेको सिंघिया खोलाको पुलमुनी आज दिउँसो विराटनगर – ३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडा मृत अवस्थामा खोलामा डुवेको अवस्थमा शव भेटिएको हो ।
निर्माणाधिन पुलको जग खन्दा जमेको खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । घटना विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
‘मृतक अवस्थमा शव भेटिएपछि अनुसन्धानसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ,’ डिएसपी राईले भने, ‘अहिले घटना मुचुल्का उठाएर अनुसन्धान भइरहेको छ ।’ थप विषय पोस्माट रिपोटपछि खुल्ने उनले बताए ।
मृतक महिला डिप्रेसनको औषधी खादै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनेसक्ने आशंका गरिएको छ ।