animated ellipse animated ellipse

जेभियर्सले गर्यो कक्षा १२ का विद्यार्थीको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०८१, बुधबार १४:२१
540
Shares
विराटनगर / बुढीगंगा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरुलार्इ एक कार्यक्रमका विच विदाई गरेको छ।

बुढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापामगरको प्रमुख आतिथ्यमा र विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिताकुमारी रानाको सभापतित्वमा भएको विदाइ कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक तुलसी खतिवडाले गरेका थिए।

विदाई कार्यक्रममा प्रमुख अतिथि थापा मगरले जेभियर्स स्कुलले स्थापनाको यो छोटो समयमा गुणस्तरीय र सर्वसुलभ शिक्षा बुढीगंगामा प्रदान गर्न थालिसकेकोले कक्षा १२ सम्मको अध्ययनको लागि अब बाहिर जानुपर्ने कुराको अन्त्य भएको बताए।

कार्यक्रममा विद्यालयका सञ्चालकहरु जनक ढकाल , चन्द्रमणी रिजाल , रेवन्तकुमार श्रेष्ठ, शिक्षकहरु अर्जुन दाहाल र पर्शुराम सुबेदीले विदाइ भएर जाने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना ब्यक्त गरेका थिए। विद्यार्थी विनिता कार्की, रुपेश खवास र निशा निरौलाले विद्यालयमा रहँदाको अनुभवहरु सुनाएका थिए।

बुढीगंगा गाँउपालिकामा कक्षा १२ सम्म सञ्चालन गर्ने पहिलो विद्यालय जेभियर्स इङ्गलिस स्कूलमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म ९ सय विद्यार्थी अध्यनरत रहेको उक्त विद्यालयका सहप्रधानाध्यापक जनक ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर