animated ellipse animated ellipse

विराटनगरको पोखरीया स्कुलकी छात्राले स्कुलबाट हाम फाल्दा गम्भिर घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८१, सोमबार १९:०८
1.19k
Shares
विराटनगर / विराटनगर महानगरपालिका ३ पोखरीया स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् ।

कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले आज विहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भईरहेको जनाएको छ । उनको अवस्था बाहिर चोटपटक नलागे पनि भित्री चोटपटक के छ भन्ने विषयमा थप रिर्पाेटहरु आएपछि मात्रै थाहा हुने अस्पतालका चिकित्सकले बताए ।

विराटनगर १ भट्टाचौक घर भएकी मुर्मुले यस अघि पनि स्कुलका शिक्षक शिक्षिका र साथीहरुलाई हाम फाल्ने धम्की दिने गरेको बुझिएको छ । संगिताका बुबाले छोडेर गएको र आमा गितादेवी मुर्मुसँग बस्दै आएकी उनी मानसिक समस्या रहेको स्कुल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर