AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जसपा उपाध्यक्ष किरण शर्मासहित ४५ जना एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७८, शनिबार १७:२०
1.97k
Shares
विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकालले पार्टीका गतिविधिहरु नरोकिने बताएका छन् । उनले आज नेकपा एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई सधैभरी डेडलक बनाएर राख्न नसकिने बताए ।

नेता ढकालले जिवित पार्टीमा बैचारीक मतभेद हुनु स्वभाविक रहेको भन्दै मतभेदकै कारण पार्टीका सम्पूर्ण गतिविधि रोक्न नहुने र नरोकिने बताए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकले हिजो पार्टी सदस्यता नविकरण तथा अधिवेशनलगायतका गतिविधि रोक्न माग गरेको भोलिपल्ट नेता ढकालले निर्धारित गतिविधि अघि बढ्ने बताए ।

नेता ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँदा पनि नेता नेपाल समूहले अनेक गतिविधि गरिरहेको बताए । यद्यपी सवै कुरालाई बिर्सेर पार्टी एकतालाई सार्थक बनाउन निरन्तर लागिरहँदा पनि उहाँहरु भने पार्टी गतिविधिलाई रोक्नुपर्ने भन्दै भन्दैहुनुहुन्छ, जुन असम्भव छ । नेता ढकालले प्रदेश १ भरी कुनैपनि बहानामा अब गतिविधि नरोकिने स्पष्ट पारे।

पार्टीका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी अब चलायमान भएको र यसका नियमित कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पारे। नेकपा एमाले विराटनगर महानगरकमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जसपा मोरङ उपाध्यक्ष किरण शर्मालगायत ४५ जना एमालेमा प्रवेश गरे। उनीहरुलाई पार्टीका प्रमुख अतिथि विनोद ढकाल, प्रदेश कमिटी सदस्य रमेश पोखरेल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलहरुलाई अबिर र खाता लगाएर स्वागत गरे।

नव प्रवेशीहरुलाई महानगर अध्यक्ष सागर थापाले एमाले प्रवेश गरेकाहरुले अब निष्कृय बस्न नपाउने भन्दै संगठन सुदृढिकरणसँगै विकासनिर्माण र जनताका जनजिविकाका सवालमा निरन्तर खबरदारी गरिरहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर