AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्टमा अन्तर कक्षा पौडि प्रतियोगिता शुरु 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०८२, बुधबार १९:१५
54
Shares
विराटनगर । विराटनगर –५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि अन्तर कक्षा पौडी प्रतियोगिता सुरु भएको छ ।

आज विभिन्न कक्षाका पौडि खेलाडीहरु बिच विभिन्न स्पर्धाहरु सम्पन्न भएका छन् ।

जसमध्ये १५०० मिटरको फ्रिस्टाईल खुला प्रतिष्पर्धामा कक्षा ७ का जिब्सन तामाङ प्रथम भए। सोहि स्पर्धामा धावा तामाङ दित्तिय र सुज्ञान कोइराला तृतीय भए। यस्तै ५०० मिटर फ्रिस्टाईल खुलामा कक्षा ६ का पुरव तिम्सिना प्रथम, कक्षा ९ का कृतक बर्तौला दित्तिय र कक्षा ८ का रेहान अन्सारी तृतीय भए। कक्षा ४ र ५ को छात्रतर्फ १०० मिटर फ्रि स्टाइलमा प्राञ्जल तिम्सिना (५) प्रथम, रन्जित साह (५) दित्तिय र प्रनव भट्टराई (५) तृतीय भए । सोही कक्षा बिचको १५ मिटर फ्रिस्टाइलमा बियोन श्रेष्ठ प्रथम, रिधान सिंह दित्तिय र श्रीयंश थापा तृतीय भए ।

उनीहरु तीनै जना कक्षा ५ मा अध्ययनरत हुन्  । यस्तै २५ र ५० मिटर पौडीका दुई स्पर्धामा प्राञ्जल तिमल्सिना, रन्जित साह र डेनिस काफ्ले क्रमशः प्रथम, दित्तिय र तृतीय भए ।

छात्रा तर्फको १५ मिटरमा भावना कुमारी साह प्रथम, अपेक्षा यादव दित्तिय र स्मृती झा तृतीय हुनुभयो । कक्षा ४ र ५ को समूहबाट बेष्ट ब्वाइज प्लेयर प्राञ्जल तिमल्सिना र बेष्ट गल्र्स प्लेयर भावनाकुमारी साह  भइन।

यसैगरि कक्षा २ र ३ को समूहबाट १५ मिटर फ्रि स्टाइलमा राधा देवी सुवेदी (२) प्रथम, माइरा नाज (३) दित्तिय र एबिज्ञा प्रधान (२) तृतीय हुनुभयो भने बेष्ट प्लेयरको उपाधि राधादेवी सुवेदीले पाइन । २ र ३ को ब्वाइज तर्फ १५ मिटरमा अरिजित कर्ण (३) प्रथम, सन्दर्भ अर्याल (३) दित्तिय र विज्ञान गौतम (३) तृतीय हुनुभयो भने बेष्ट प्लेयर अरिजित कर्ण भएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन।

विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले मेडल प्रदान गरे । प्रतियोगिता भोली सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर