स्वतन्त्र उम्मेदवार दाहालले फिर्ता लिए उम्मेदवारी

खबर पूर्वाञ्चल, १६ कार्तिक २०७९, बुधबार ०८:२२
756
Shares
विराटनगर/ आसन्न प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ (क) बाट स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिएका नविन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

दाहालले कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको उपस्थितिमा दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले भने, “अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ, मेरो उम्मेदवारीले समस्या नहोस् र उम्मेदवारी फिर्ता लिँदा कांग्रेसलाई फाइदा हुने देखेर फिर्ता लिएको हुँ ।”

दाहालले आफू ३३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताए । उम्मेदवारी फिर्ता लिएसँगै आफू कांग्रेसमै रहेको जनाए । मोरङ क्षेत्र नम्बर ६ (क) मा गठबन्धनक तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५