animated ellipse animated ellipse

जनता मावि जहदामा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७९, सोमबार ०९:३४
1.55k
Shares
विराटनगर / मोरङको जहदा गापा–२ मा रहेको श्री जनता मावि वाल विकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ ।

यसै शैक्षिक सत्रदेखि जनता माविमा वाल विकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको हो । कक्षा सञ्चालनका लागि दुई दिने अभिमुखीकरण कार्यशाला तालिम समेत सम्पन्न गरेको छ । प्रमुख अथिति जहदा गाउँपालिकाका शिक्षा साखा प्रमुख दिपक खनालले तालिम उद्घाटन गर्दै यस विद्यालयले लिएको भावि कार्य योजना समग्र यस गाउँपालिकाकै विद्यालयहरुका लागि अनुकरनिय रहेको बताए ।

प्रधानाध्यापक नविन गौतमको कुशल नेतृत्वमा विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तरमा दरिलो फड्को मार्ने आशा समेत रहेको खनालले बताए । कक्षा १० सम्म सञ्चालित यस विद्यालयमा आगामी दिनमा कक्षा १० सम्म मै अंग्रेजी माध्यममा अभिभावकहरुको चाहना बमोजिम कक्षा सञ्चालन गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक नविन गौतमले बताए ।

जहदा गाउँपालिका ,जिवन विकास समाज लगायत अन्य विभिन्न निकायहरुसंग सहकार्य गरेर भव्स्यिमा जहदा गाउँपालिकाकै एउटा नमुना विद्यालयको रुपमा विद्यालयलाई रुपान्तरण गरिने योजना प्रअ गौतमले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिशकुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोम गौतमले सहजीकरण गरेकान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर