animated ellipse animated ellipse

संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको भइरहेको सभामुख घिमिरेको भनाई 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०८१, सोमबार १४:४६
72
Shares
विराटनगर / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले,  के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्क्ताको जरुरी हुने प्रष्ट पारे ।
 सभामुख घिमिरेले  संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको पहल शुरु भैसकेको जानकारी समेत दिए । उनले सङघीयता कार्यान्वयनमा कानुनहरुको अभाव रहेको बताए ।
सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालन समवन्धी ऐन, शिक्षा ऐन बनाउन सकियो भने संविधान कार्यावन्यमा देखिका समस्या समाधान हुने भएकोले यसतर्फ हाम्रौ ध्यान गैरहेको बताए । उनले यी विषयमाहरुमा विषयगत समितिहरुमा सांसदहरुले  दिनरात नभनी दफावार छलफलमा जुटिरहेकोले संसदको प्रभावकारी आगामी दिनमा देखिने विश्वास जनाए ।
सभामुख घिमिरेल हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गलो  लगाउने विधेयक पास गरेको,बजेट समयमा पास गरेको र सहकारी समस्या समाधान सम्वन्धमा संसदीय विशेष छानवीन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई वुझाएकोले संसदले  प्रतिकुलताका विच समयमा काम सम्पन्न गरेको बताए ।
सभामुख घिमिरे प्रतिनिधि सभा अहिले अन्त्य भएको पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा जानकारी दिएमात्र पुग्ने भएकोले अहिलेसम्म जानकारी आएको छैन । उनले उपसभामुख इन्दिरा रानाका सम्बन्धमा  आधिकारिक रुपमा आरोप पुष्टि हुने केही नआएको बताउँदै अनुमानको भरमा केही भन्नु उचित नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर