खबर पूर्वाञ्चल
काठमाण्डौमा आयोजित भव्य समारोहमा फोकस नेपालले विराटनगरको शिक्षादीप, मेरिल्याण्ड र अरनिको कलेजलाई यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले कलेजका संचालकहरुलाई सो पुरस्कार प्रदान गरे ।
यो सम्मान कलेजको निरन्तर शिक्षा गुणस्तर र राष्ट्रिय योगदानको मान्यताका रूपमा प्रदान गरिएको छ । विराटनगरको सम्मानीत यी कलेजले पछिल्ला वर्षहरूमा विज्ञान, प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
यस सम्मानप्राप्तिमा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले खुशीको अनुभव व्यक्त गरे । उनले भने, ‘यो सम्मान हाम्रो सम्पूर्ण टिमको कडा मेहनत र निष्ठाको परिणाम हो । हामीले शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगरी विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याउने प्रयास गरेका छौं । सबै विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
प्रिन्सिपल खड्काले भने, ‘यो पुरस्कार हाम्रो लागि मात्र उपलब्धि नभएर सम्पूर्ण शिक्षा क्षेत्रको लागि प्रेरणादायक छ। हामीले आफ्ना विद्यार्थीहरूलाई सिर्फ पुस्तकीय ज्ञान मात्र नभएर व्यावहारिक सीप र नैतिक मूल्यहरू सिकाउने प्रयास गरेका छौं। यसैले आज हाम्रा विद्यार्थीहरू देश र विदेशमा सफल भएका छन् ।’
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले विराटनगरको कलेजको योगदानको प्रशंसा गर्दै भने, ‘ शिक्षा तथा विभिन्न सामाजिक सेवामार्फत राष्ट्रप्रति पुर्याएको अद्वितीय योगदान प्रशंसनीय छ। कलेजले आफ्ना विद्यार्थीहरूलाई आधुनिक प्रविधि र नवीन पद्धतिको माध्यमबाट शिक्षा प्रदान गर्दै राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। हामी संस्थाको निरन्तर सफलता र सुस्वास्थ्यको कामना गर्दै आगामी दिनहरूमा अझ महत्वपूर्ण योगदानको अपेक्षा राख्छौं ।’
मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले व्यवस्थापन शिक्षाको क्षेत्रमा गुस्तरीय शिक्षा प्रदान गरेर देशभरकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा चिनिएकाले कलेजलले सफलता पाएको बताए ।
अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै फोकस नेपालले प्रदान गरेको राष्ट्रिय शिक्षा अवार्ड प्रति आफू सहित आफ्नो टिम उत्साहित रहेको बताए ।