पूर्वाञ्चल खबर
आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन युवा संघ नेपाल केन्द्रीय कार्याल काठमाण्डौंको सहयोगमा नेत्रहिन युवा संघ नेपाल मोरङले विराटनगरमा आज नमुना मतदान कार्य गरिएको हो ।
अपाङगता भएका व्यक्तिहरूले निर्वाचनमा मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्ने उद्देश्यले नुमना मतदान कार्य सुरू गरेको नेत्रहिन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले जानकारी दिए । उनका अनुसार विराटनगरमा भएको नमुना मतदानमा ७० जना अपाङगता भएका व्यक्तिहरू सहभागिता रहेका थिए ।
आर्दश स्कुलमा परिक्षण गर्दा अपाङगता भएका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको उनले बताए । विराटनगरपछि नेत्रहिन युवा संघ मोरङले बेलबारी र उर्लाबारीमा पनि नमुना मतदान गर्ने बताए ।
‘सहज रूपमा सहभागि भएर अपाङगता भएका व्यक्तिहरूले नमूना मतदान कार्यमा सहभागि भए । उनीहरूले सहजरूपमा मतदान गरेका छन्,’ अध्यक्ष योगीले भने, ‘निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज रूपमा मतदान गर्ने व्यवस्था निर्वाचन कार्यालयले गरिनु पर्दछ ।’ मतदान स्थलहरू अपाङगता मैत्री बनाउनुपर्नेमा उनले जोड दिएका छन् । मोरङमा दृष्टीबिहिन अपाङ्गता भएका मात्र पाँच हजार भन्दा बढी रहेको उनले बताए ।