animated ellipse animated ellipse

तालमेल गर्न खोजे देशव्यापी विरोध गर्नेे कोइरालाको चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७८, बुधबार १५:२०
189
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिए ।

आज विराटनगर विमान स्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै उनले केन्द्रबाट तालमेल लाद्न नहुने समेत बताएका छन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भनेपनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ ।

नेता कोइरालाले पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय भने सही भएको बताए । केन्द्रबाट तालमेल गर्न खोजे गठबन्धनलाई नै घाटा हुने उनले बताएका छन् ।

नेता कोइरालाले पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल हुने बताएका छन् ।

सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।

नेता कोइरालाले सभापतिले भागबन्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउन समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर