AArya
RUMPUM
animated ellipse animated ellipse

बजेट अधिवेशन आह्वान गर्न विपक्षी चारदलको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७८, बुधबार १८:३७
378
Shares
विराटनगर / प्रदेश १ का विपक्षी दलहरुले बजेट अधिवेशन आह्वान गर्न माग गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट संसदबाटै ल्याउन उनीहरुको माग छ । आज संसद सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गरि विपक्षी दलका नेताहरुले अध्यादेशबाट बजेट नल्याउन चेतावनी दिएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्व बजेट छलफल नैं नगरी बजेट ल्याउने तयारी थालेको बताए । जेठ १६ गतेभित्र बजेट माथि पूर्व छलफल गराउनु पर्ने तर सरकारले बजेट अधिवेशन नै बोलाउने छाँटकाँट नदेखाएको उनले बताए । प्रदेश सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको कोइरालाको भनाई छ ।

नेकपा माओवादी संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्ने र माथिकै सरकारको सिको गर्दै अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको बताए । उनले भने,‘ गत वर्षपनि कोरोना कारण देखाएर अध्यादेशबाट बजेट ल्याउने भनेर दबाब आएको थियो तर मैले मानिन ।’ सरकारलाई दबाब दिन आफूहरु एक ठाउँमा उभिएको आङ्बोले बताए ।

नेपाली कांग्रेस दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो, जसपा दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश १ सरकारलाई नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर