animated ellipse animated ellipse

प्रदेश १ मा आज १० जना नयाँ कोरोनाका संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५७

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७७, आईतवार २०:२२
3
Shares
विराटनगर / प्रदेश १ मा आज १० जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या २ सय ५७ पुगेको छ भने ९० जना डिस्चार्ज भएका छन् ।

विराटनगर ३ की २२ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कालिमन्दिर धर्मशाला क्वारेन्टाईनमा रहेकी थिईन । सुनसरीको इनरुवाका २ जना २३ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङ रतुवामाई नगरपालिकाका १८ र १४ बर्षका दुई किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिकाका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् । झापाको अर्जुनधाराका २ जना २३ र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर