पूर्वाञ्चल खबर
व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको उनीहरुको भनाइरहेको छ । ‘ हामीलाई पनि समावेश गर’ भन्ने नाराका साथ राष्ट्रिय अपाङ्गग महासंघ प्रदेश १ कार्यालयले आज विराटनगरमा आयोजित अपाङ्गगता भएका व्यक्तिहरुका लागि पाँच दिने क्षमता विकास तालीम समापन समारोहमामा उनीहरुले लेखाई, खेल, नृत्य एवं नाटकको माध्यमबाट नेपालको संविधान, अपाङ्गताहरु अधिकार र पालिका र ग्रामीण क्षेत्रमा हक अधिकार प्राप्तिका लागि गर्नु पर्ने कार्यका सम्वन्धमा ज्ञान आर्जन उपलव्धिमूलक रहेको बताएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली समापन गर्दै महासंघको भवनको लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै विराटनगरको आदर्श माविमा अपाङ्ग सहितको समावेशी शिक्षा अध्ययन गराउने नमूना विद्यालयको निर्माण गर्ने जानकारी दिए ।
उनले महानगरपालिकाले अपाङ्गग शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको चर्चा गर्दै उनीहरुको जीवन सहज व्यवस्थापनका लागि शिक्षाको उज्यालो छर्ने कार्य गर्ने विचार व्यक्त गरे ।
महासंघका सङ्घीय अध्यक्ष अपाङ्गताको मुद्दा सुनिश्चिता गराउनका लागि राष्ट्रिय जनगणनामा सही तथ्याङक प्राप्त गर्नका लागि सक्रिय रुपमा लाग्न आग्रह गरे ।
प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ, सङ्घीय कोषाध्यक्ष केपि अधिकारी ,शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टङ्कप्रसाद गौतम र फरक क्षमता भएकाहरु समिरा लावती र सिताराम ओझाले सैद्धान्तिक भन्दा व्यवहारिक भएको तालीम अविश्मरणीय रहेको विचार व्यक्त गरे ।
प्रदेशका १२ जिल्लाका १० फरक क्षमता भएका ६२ जनालाई जीवन उपयोगी तालीम प्रदान गरिएको थियो। रासस