AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सम्राट र मोतिराम क्लबलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७८, शनिबार १८:४३
117
Shares
विराटनगर / मोरङ जिल्ला फुटबल संघले आजदेखि जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता विराटनगरमा सुरु गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मोतिराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब विजयी भएका छन् । मोतिरामले बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरमा पराजित गरेको छ । अर्को खेलमा सम्राटले हरैँचा स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरमा पराजित गरेको छ ।

खेलको ६ मिनेटमा मोतिरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । २५ औं मिनेटमा सागर चौधरीले गोल थपे । ७८ औं मिनेटमा घनश्याम चौहानले गोल थप्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच मोतिरामका उमेश कार्की घोषित भए ।

दोस्रो खेलको ५२ औं मिनेटमा सम्राटका सरोज अधिकारी गोल गर्दै अग्रता दिलाए । ६४ औं मिनेटमा अर्जुन मगरले गोल थप्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच सम्राटका अर्जुन लिम्बू घोषित भए ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकका प्रमुख भीम पराजुलीले खेलाडीहरुलाई शुभकामना दिएका थिए । उनले महानगरले जहिले पनि खेल र खेलाडीको उन्नयनका लागि काम गरिरहेको बताए । विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सफल भएको छ ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेल खेल नव प्रगतिशिल समाज र उर्लाबारी स्पोर्टिङ क्लब र दोस्रो खेल साइनो स्पोर्टिङ क्लब र युनाइटेड स्पोर्टिङ क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर