पूर्वाञ्चल खबर
स्वास्थ्य मन्त्री जयराम यादवकोे प्रमुख आतिथ्यमा विराटनगरमा आयोजित कार्यक्रममा निवनिर्वाचितलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मन्त्री यादवले निर्विरोध निर्वाचित पदाधिकारीलाई धन्यबाद ज्ञापन गर्दै यो संस्कार राजनीतिकदलमा पनि विकास हुनपर्ने बताए । जनस्वास्थ्यकर्मीहरुले सहमतिमै पद र जिम्मेबारी लिँदा खुसि लागेको उनले बताए ।
प्रदेश १ स्वास्थ्य निर्देशनालय प्रमुख एवं निर्वाचन समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतले नया कार्य समितिले जनस्वास्थ्य क्षेत्रको मुद्दालाई पहिचान गरि समस्या समाधानको लागि बहस एबम पैरवी गर्नु आबस्यक रहेको बताए । प्रदेश तालिम केन्द्र निर्देशक रोहित पाण्डे, जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्वाले पेशागत हक हितका लागि एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. नवराज सुव्वा, जनस्वास्थ्य विज्ञ रामधन मेहता ,वीफम परिवार, जनस्वास्थ्यकर्मी एवं जनस्वास्थ्य संघका निर्वमान केन्द्रीय सदस्य कैलाश खाकी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष तथा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख सागर प्रसाइले सहमति र सहकार्यमा कार्यक्रमह गरि सम्पूर्ण जनस्वास्थ्यकर्मी लाई एकताबद्ध गरि लैजाने प्रतिबद्धता व्यक्त गरे ।