AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०८०, सोमबार १७:०७
99
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट जनधनको ठुलो क्षति भएकोले राहत स्वरुप उक्त रकम उपलब्ध गराउने नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दुः ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामना समेत गरेको छ ।

यसैगरी, महासंघले कोशी प्रदेशका सबै जिल्लारनगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायत उद्योगी व्यवसायीहरुमा समेत आर्थिक लगायत राहत सामग्री लत्ताकपडा, खाद्यान्न, औषधी, पानी जस्ता अत्यावश्क सामग्रीहरु उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

साथै महासंघले सहयोग गर्न चाहने संघ वा व्यवसायीहरुले महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम), ९८५२०४००५२ लाई सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर