पूर्वाञ्चल खबर
उनीहरुले उपलब्ध गराएको नगद ५० हजार रकम शनिवार नयाँपत्रिका दैनिकका प्रदेश १ समाचार ब्युरो गणेश लम्सालले पिडित महिलालाई आमाबुबाको उपस्थितीमा हस्तान्तरण गरे । उक्त्त रकम सोही समयमा पिडित महिला शोभाले उपचार गराउँदा औषधी खर्च वापत तिर्नुपर्ने रकम चार लाख मध्ये ५० हजार विराट औषधी पसलका प्रतिनिधि बेनुप ढकाललाई प्रदान गरिन् ।
खोलामा गिटी कुटेर खाने सकुम्बासी परिवार भएकोले उनीहरुले धरान स्थित विपी स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउँदा अझै विराट औषधी पसलको तीन लाख ७५ हजारसहित खाना खाएको क्यान्टिन अनि अन्य पसलको गरेर अझै पाँच लाख रुपैया तिर्न बाँकी रहेको शोभाका बाबु लाखमन दर्जीले बताए । उनले उपचार वापतको रकम तिर्न ५० हजार रुपैया सहयोग गरेमा अमेरिकामा बस्ने नेपालीहरुलाई धन्याद दिए ।
आमा देबीमाया दर्जीले उपचारमा लागेको खर्च अस्पतालले मिनाह गरेपनि नीजि औषधी पसल र क्यान्टिन अनि ब्लडबैकको रकम भने अझै तिर्न नसकेकोले सहयोग गरिदिन सरकार र मनकारी दाताहरुसँग अनुरोध गरिन् ।
१ जेठ २०७८ जेठमा छिमेकी महिलाहरुबाट मोवाइलको सिमचारी गरेको अरोपमा कुटपिटले गर्दा मानसिक सन्तुलन गुमाएकी शोभा हाल अस्पालबाट डिस्र्चाज भएर घरमा आराम गरिहेकी छन । कुटपिटकै कारण उनको चार महिनाको गर्भपनि खेर गएको थियो । हाल आर्थिक समस्याले गर्दा छोरीलाई निरन्तर दवाई खुवाउन पनि समस्या भएको बाबु हर्कमान दर्जीले बताए । पिडित शोभाका आमाबाबु हर्कबहादुर र देबीमायाले अदालतले आफुहरुलाई कानुनमा भएको व्यवस्था अनुसार क्षतिपुर्ति सहित न्याय दिनेमा आफुहरु आशाबादी रहेको बताए ।
कुटपिटमा संलग्न छिमेकी महिलाहरु मोरङ कानेपोखी गाउँपालिका ५का २६ बर्षिया पुष्पा र २५ बर्षिया निरमाया मगर ५४ बर्षिया बिन्दा र ३० बर्षिया बबिता मगर जातिय विभेद तथा छुवाछुत कसुर आरोपमा पुर्पक्षका लागि अदालतबाट धरौटीमा छुटेका छन । शरिरभरि चोट भएको र मानसिक सन्तुलन गुमेर चार महिनाको गर्भ खेर गएपनि प्रहरीले ज्यानमार्ने उद्योग र कुटपिट कसुरमा भने मुद्दा दर्ता गराएन ।