animated ellipse animated ellipse

विराटनगरको बजारमा नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०८०, आईतवार १९:०२
1.5k
Shares
विराटनगर / विराटनगरको सुपरमार्केटबाट प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले शनिबार भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गरी पैसा तिर्ने क्रममा भारतीय नोट दिएका थिए । अन्सारीले दिएको भारु २ सय र पाँच सय रुपैयाँ नोट नक्कली रहेको प्रहरीले जनाएको छ । नक्कली नोट दिएको आशंकामा सुपरमार्केटका कर्मचारीले वडा प्रहरी कार्यालय विराटनगरलाई खबर गरेका थिए । वडाबाट खटिएको प्रहरी टोलीले नक्कली भारतीय नोट जस्तो देखिने २ सय दरको २० ओटा र ५ सय दरको ७ ओटा नोट गरी जम्मा भारु ७ हजार ५ सय र बा १६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका अन्सारीलाई आज मोरङ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर