AArya
RUMPUM
animated ellipse animated ellipse

माहेश्वरी महिला मञ्च विराटनगरले सोमबार ११ जोडीको सामूहिक विवाहको कार्यक्रम गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०८३, आईतवार ११:१८
27
Shares
विराटनगर / फजुल खर्च कटौती र सामाजितक उत्ततरदायित्वबोध गखर्दै माहेश्वरी महिला मञ्चले विराटनगरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रम हुने भएको छ ।

आर्थिक रूपमा अति विपन्न परिवारलाई लक्षित गरिएको ११ जोडीको सामूहिक विवाह सोमबार हुने भउको हो ।

असार १५ गते विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा विहान ११ बजेर १५ मिनेटमा हुने कार्यक्रममा अभिभावक, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको उपस्थितिमा विवाह सम्पन्न गराइने मञ्चकी अध्यक्ष ललिता जाजूले जानकारी दिइन् । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि तथा अभिभावकसँगको समन्वयमा वास्तविक विपन्न परिवारका ११ जोडी छनोट गरिएको छ ।

मञ्चले दोस्रो पटक सामूहिक विवाहको कार्यक्रम आयोजना गर्न लागेको हो । सामूहिक विवाहको संयोजक शीतल बाहेती हुन् भने सहसंयोजिक अर्चना तापड़िया हुन् । सामूहिक विवाहले धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ ।

सामूहिक वैवाहिक कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । सामूहिक विवाहमार्फत आर्थिक रूपमा कमजोर परिवारलाई विवाह खर्चको बोझबाट राहत पुग्नुका साथै सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि हुने मञ्चकी अध्यक्ष जाजूले बताइन् ।

यसअघि मञ्चले पहिलो पटक गत २)८१ बैशाख ६ गते अतिथि सदनमै १५ जोडी अति विपन्न परिवारका युवायुवतीको सामूहिक विवाह गराएको थियो । त्यस कार्यक्रममा मोरङ र झापाका आदिवासी समुदायसहित विभिन्न विपन्न परिवारका जोडीहरू सहभागी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर