खबर पूर्वाञ्चल
प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा आज पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै डा.भट्टराईले दुई तिहाई बहुमत प्राप्त गर्दा काम गर्न नसकेका ओलीले आफू पत्तासाफ हुने डरले चुनाव गराउन नसक्ने बताएका हुन् । ‘हिजोको नेकपा चोइटिएको छ ।’ उनले भने ‘ प्रनितिधिसभा विघटन पछि ओलीले चुनाव घोषणा गरेका छन् । तर आफू पत्तासाफ हुने चुनाव कुनै हालतमा गराउन सक्दैनन् उनले भने ।’
डा.भट्टराईले भने ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने समेत बताएका छन् । उनले छिमेकमा आगो लाग्दा रमिते नबन्न भारत र चिनलाई आग्रह गरे ।
छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न गर्दै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणले शंका उत्पन्न भएको बताए । ‘उत्तर र दक्षिणबाट आएकाहरु ओलीसँग चिया खाएर गफ गर्न मात्र आएका होलान् र भन्दै उनले शंका पैदा भएको उल्लेख गरे ।
हिजो महेन्द्रहरुलाई ३० वर्ष बोकेर ज्ञानेन्द्रलाई पनि बोक्ने छिमेकीले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर नेपालमा अशान्ति ल्याउन सहयोग गर्न नहुने डा.भट्टराईकोे भनाइ थियो ।
स्वतन्त्र न्यायालयमा ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने बताए । जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा र संविधानलाई सहि बाटोमा ल्याउन जनताको खबरदारी आवश्यक रहेकोमा डा.भट्टराईले जोड दिए ।
प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमले संविधानलाई कोमामा र्पुयाएको भन्दै डा.भट्टराईले सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनु पर्ने बताए । अदालतले प्रधानमन्त्रीको कदम खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने उनको भनाइ छ ।
योसँगै मुलुकलाई प्रतिगामी बाटोबाट फर्काउन जनसंघर्ष अत्यावश्यक रहेको र त्यसका लागि हामी सबै दलको सहकार्य रहेकोमा डा.भट्टराईले जोड दिए ।