AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्टका विद्यार्थी नेताहरुद्वारा सपथ र पदभार ग्रहण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०८३, बिहीबार १९:३६
126
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका विद्यार्थी नेताहरुको आज एक समारोहका बिच सपथग्रहण र पदभार ग्रहण सम्पन्न भएको छ ।

एभरेष्ट स्कुलको सभाहलमा आयोजित कार्यक्रममा भर्खरै सम्पन्न निर्वाचनबाट विभिन्न पदमा विजयी भएका नेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथ ग्रहण गराए। शैक्षिक वर्ष २०८३ का लागि चयन भएको नेतृत्वले एक वर्षसम्म विद्यार्थी र विद्यालय प्रशासनको बिचमा रहेर पुलको काम गर्दछ ।

विद्यार्थीहरुका समस्या प्रशासन तथा शिक्षकहरु सम्म पुर्‍याएर समाधान खोज्नेदेखि विभिन्न रचनात्मक काममा नेतृत्वले भूमिका खेल्ने गर्दछ । नेपालको राजनितिक व्यवस्था अनुसार लोकतान्त्रिक पद्धतिका सबै विधि पुर्‍याएर भएको निर्वाचनबाट हाउस मनिटर, भाइस मनिटर, तहगत क्याप्टेन तथा भाईस क्याप्टेन, अतिरिक्त कृयाकलापका विभिन्न क्लवहरुका क्याप्टेन, भाइस क्याप्टेन तथा प्रिफेक्ट र भाईस प्रिफेक्टलगायतका पदहरुमा निर्वाचन भएको थियो ।

नृत्य, संगीत, फाईन आर्ट, टेबल टेनिस, स्काउट, कराँते, बास्केटबल, स्वीमिङ, फुटबल र तेक्वन्दो क्लवका लागि क्याप्टेन र भाइस क्याप्टेन निर्वाचित गरिएको छ । यस्तै शैक्षिक कृयाकलाप अन्तर्गतका वक्तृत्वकला, हिज्जे, हाजिरीजवाफ, वादविवाद, कथा लेखन तथा वाचन, समाचार क्लव लगायतका लागि पनि क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको छ ।

विद्यालयका भाईस प्रिन्सिपल कुन्दन पुरीका अनुसार तल्लो तहका लागि कक्षा ८ कन्चनजंघाका आरुबी भट्टराई प्रिफेक्ट र कक्षा ७ गौरीशंकरका शिवांशु कर्ण डेपुटी प्रिफेक्ट निर्वाचित भए । यस्तै मावि तहमा कक्षा १० अन्नपूर्णकी मान्यता बस्नेत प्रिेफेक्ट र कक्षा ९ कन्चनजंघाका आरिन जङ थापा डेपुटी प्रिफेक्ट भए ।

सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पुरीले विभिन्न तहमा निर्वाचित सबैजना अब विद्यार्थी मात्र नभई नेता पनि भएको बताए। उनले निर्वाचितहरुलाई बधाइई दिँदै यो विजय सँगै जवाफदेहिता र उत्तरदायित्व समेत थपिएको बताए । शैक्षिक ज्ञानले मात्र जीवन पूर्ण नहुने भन्दै उलले हरेक क्षेत्र सफल बन्न कुसल नेताका कारण सम्भव भएको बताए। नेता भन्नाले राजनिती मात्र बुझ्नु हुन्न प्रिन्सिपल पुरीले भने,‘विद्यालय, घर, समाज, शहर, वा जुनसुकै संस्था कुशल नेतृत्वबाट मात्र सम्भव हुन्छ । नेता बिना कुनै पनि संस्था सफलतापूर्वक अघि बढ्न सक्दैन ।’ उनले राम्रो काम गरेर अरुलाई उत्प्रेरित र आकर्षित गर्न सक्ने ब्यक्ति नेता हुने भन्दै सफल नेता बन्न यो एउटा आधार बन्ने समेत धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर