ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुई साताभित्र नेपालमा सक्रिय संक्रमित ह्वात्तै बढ्ने विज्ञहरुको चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०७८, बिहीबार १८:२८
2.43k
Shares
विराटनगर / निषेधाज्ञा खुकुलो बन्दै जाँदा कोरोना संक्रमण बढ्ने जोखिम उच्च भएको छ । विज्ञहरुका अनुसार दुई साताभित्र सक्रिय संक्रमितको संख्या बढ्ने खतरा उच्च छ ।

धेरैजसो जिल्लामा सक्रिय संक्रमितको संख्या घटे पनि निषेधाज्ञा खुकुलो भएपछि आगामी दुई सातामा सक्रिय संक्रमितको संख्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन । अघिल्लो साताको दाँजोमा हाल ६४ जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दो छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १३ जिल्लामा संक्रमण थोरै बढेको छ । पाँचथर, तेह्रथुम, नुवाकोट, बागलुङ, जुम्ला, रुकुम पश्चिम, बाजुरा, कास्की, मुस्ताङ, डोल्पा, संखुवासभा दोलखा र रसुवामा पछिल्लो समय संक्रमण बढेको हो । हाल उपत्यकाका तीनसहित १७ जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

पछिल्लो साता जटिल प्रकृतिका बिरामीको संख्यामा कमी आए पनि संक्रमण दरमा भने उल्लेख्य कमी देखिन्न । पहिलो लहरमा ८.३ प्रतिशत देखिएकोमा हाल सो उमेर समूहमा मृत्युदर ६.९९ प्रतिशत छ। मृत्युदर कम देखिनुमा खोपसमेत एउटा कारक हुन सक्ने डा अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर