AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारीमा पेस्तोलसहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७८, मंगलवार १९:४१
1.34k
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरील पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–९ कुसुमेबाट बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले आज पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पेस्तोलसहित पदमलाई प्रहरीले पक्राउ गरेको इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । अहिले अनुसन्धान भइरहेकोले घटनाको विषयमा थप जानकारी पछि दिने उनल बताए ।

‘पेस्तोल फेला परेपछि अहिले नियन्त्रणमा लिएर अनुस्न्धान भइरहेको छ,’ उनले भने । इलाका प्रहरी कार्यालय केराबारीका इन्चार्ज शेरबहादुर पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पेस्तोल बरामद गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर