खबर पूर्वाञ्चल
प्रभावित क्षेत्रमा समुदायस्तर र विद्यालयस्तरमा सचेतना आवस्यक रहेको उनीहरुको जोड छ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला कार्यसमिति बैठकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउन आवस्यक रहेको बताए । उनले पराम्परागत भन्दा पनि प्रविधिको प्रयोगबाट नतिजा निकाल्न सकिने बताए । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि महानगरपालिकाले आवस्यक सहयोगका लागि तयार रहेको पनि उनले बताए ।
मोरङको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रभावित क्षेत्रमा सरोकारवालाहरुको बैठक तथा सचेतना कार्यक्रम गर्नु आवस्यक रहेको बताए । राज्यका निकायले गर्न नसकेको काम माईती नेपालले गरिरहेकाले सरोकारवाला निकायले पनि मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कार्य गर्न आवस्यक रहेको बताए ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले प्रभावित क्षेत्रका विद्यालय र समुदायस्तरमा निरन्तर सचेतनामुलक कार्यक्रम आवस्यक रहेको बताए । उनले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आवस्यक प्रशिक्षण दिलाइदिन माईती नेपाल समक्ष आग्रह समेत गरे । खोजतलास तथा समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले मोरङको ६३ किलोमिटर खुल्ला सिमा क्षेत्र रहेकाले मानव वेचविखनको क्षेत्रमा कार्यरत संस्थाहरुले रानी क्षेत्रसँगै अन्यन्त्र पनि कार्यगर्नु पर्ने बताए ।
बैठकमा माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले पछिल्लो १० महिनाको मानव बेचविखन तथा ओसारपसारबारे मोरङको अवस्थाबारे प्रष्ट पारे । उनले गत जनवरीदेखि अक्टोवरको हालसम्म २१ जिल्लाका १८३ जनालाई सीमा क्षेत्र रानी विराटनगरबाट रोकिएको बताए । मोरङका मात्रै ६६ जनालाई सीमा क्षेत्रबाट रोकिएको उनले बताए । रोकिएका मध्ये विराटनगरका ७, अन्य १६ वटा स्थानीय तहका ५९ जना छन् । संयोजक पोखरेलका अनुसार १० महिना भित्रमा २ जनालाई उद्धार गरिएको र २९ जना वेपत्ता भएको, ४२ जना घरेलु हिंसामा परेका छन् ।
मानव बेचविखन तथा ओसारपसार कार्यमा पछिल्लो दिनमा सामाजिक सञ्जालको प्रयोग बढेको माइती नेपालीकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताइन् ।
मोरङमा जोगवनी, दरैया, जहदा भुटाहा, मधुमल्ला फडानी, तारीगामा, नोचा, रंगेली, सोराभाग, सिक्टी, प्रस्तावित सुरक्षा गुल्म वरडङ्गा, डोरीया, मिर्चैयाडागी सीमा नाका रहेका छन् ।
तपाईको प्रतिक्रिया