खबर पूर्वाञ्चल
महोत्सवको शुरुआतमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका साना बच्चाहरूले राधाकृष्ण र गोपीनीहरूको वेश धारण गरी मञ्चको शोभा बढाएका थिए। कक्षा एकदेखि दशसम्मका विद्यार्थीहरूले विभिन्न धार्मिक गीतहरूमा नृत्य प्रस्तुत गरे।
कार्यक्रममा नाटकको माध्यमबाट भगवान श्रीकृष्णका बाललीला र कंसको वधको दृश्यहरू प्रस्तुत गरिएको थियो। नाट्य प्रदर्शनमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न भूमिकामा अभिनय गरेका थिए।
कार्यक्रमको अन्त्यमा परम्परागत लाखे नृत्य समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेलेका शिक्षक शिक्षिकाहरू लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका सम्पूर्ण शिक्षक विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले धन्यवाद ज्ञापन गरेका छन्।