खबर पूर्वाञ्चल
प्रेस सेन्टर नेपाल मोरङले आज स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्रि वितरण गरिएको प्रेस सेन्टर नेपाल मोरङका सचिव अनिल श्रेष्ठले जानकारी दिए । आश्रममा २९ जना महिला र ३६ जना पुरुष ज्येष्ठ नागरिक रहेका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई आवश्यक पर्ने प्राथामिकता उपचार र दिर्घरोगीका ज्येष्ठ नागरिकसले सेवन गर्ने औषधी पनि वितरण गरिएको छ । फलफूल र स्वास्थ्य सामाग्री प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष नविन कर्ण, उपाध्यक्ष श्रीमन्त भट्टराई र कोषाध्यक्ष प्रेम देवानले विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष जगतप्रसाद आर्याललाई हस्तान्तरण गरे ।
फलफूल र स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा प्रेस सेन्टर नेपाल कोशी प्रदेशका निर्वतमान अध्यक्ष विनोद घिमिरे, सेन्टरका उपाध्यक्ष सुजता लिम्बु, महासचिव गोकुल पराजुली, प्रदेशका सदस्यहरु हरी अधिकारी, प्रेस सेन्टर मोरङका निर्वतमान अध्यक्ष अर्जुन आचार्यलगायत कार्यसमितिहरुको उपस्थिती रहेको थियो ।