आद्य महालक्ष्मी रथ यात्रा विराटनगरमा आउँने

खबर पूर्वाञ्चल, १६ भाद्र २०८०, शनिबार १६:१९
369
Shares
विराटनगर / अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथ यात्रा विराटनगरमा आउँने भएको छ ।

भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ आइतर साँझमा विराटनगर आउँने भएको हो । रथ शुक्रबार नेपाल प्रवेश गरेको नेपाल अग्रवाल सभाका अध्यक्ष विशाल केडियाले बताए ।

विराटनगर प्रवेश गरे पछि आइतबार साँझ रथलाई अग्रवाल समाजले र्याली सहित विराटनगरको परिक्रमा गराई सोमबार विहान श्रीकृष्णा गौशाला हुँदै जोगबनीबाट भारतको विहारतर्फ प्रवेश गर्ने कार्यक्रम तय गरिएको संयोजक राजकुमार अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५