AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिसि टिभि राखेर तास खेल्ने सात जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७८, बुधबार २१:०९
1.31k
Shares
विराटनगर/ तासको खालमा सिसि टिभी जडान गरेर तास खेलाउने मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा आज साँझ प्रधानसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सुर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

पक्राउ परेका जवाडेलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेको छ । प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । एमाले नेता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीलले जुवाडे पक्राउ गरेको हो ।

पक्राउ परेका प्रधान स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाअध्यक्षमा उठेका थिए । उनी पराजित भएका थिए । प्रधानले तासको खालमा सिसी टिभी पनि जडान गरेको पाइएको छ । ‘घरमा कोही व्यक्ति आउँन सक्ने भएकोले त्यसको निगरानी राख्न सिसी टिभी पनि जडान गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले उनको घरमा छापा हान्दा पनि सिसी टिभी खुल्ला रहेको पाइएको थियो ।’

पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार म्याद थप गरि अनुसन्धान गर्ने भएको छ । बिहीबार सार्वजानिक विदा भएकोले प्रहरीले शुक्रबार मोरङ प्रशासनमा जुवा मुद्दामा म्यदा थप गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर