animated ellipse animated ellipse

विराटनगरको हटियामा सिक्री चोर्न लागएर खरिद गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८०, शनिबार ०६:४९
6.3k
Shares
विराटनगर / बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् ।

विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ स्थितमा कोठा भाँडामा लिएर बस्ने वर्ष २८ का अंकित भन्ने हरकित साह पक्राउ परेका छन् । साहले साउन १९ गते अन्दाजी ६ः४५ बजेको समयमा विराटनगर ४ स्थित नोबेल नहर छेउमा लाग्ने शुक्रबारे हटियामा विराटनगर महानगरपालिका –३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा दुई तोला सुनको सिक्री चोरी भएको थियो । उक्त घटनामा साहले दुई जना नाबालकहरू प्रयोग गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘चोरीमा बालबालिका प्रयोग गर्ने र चोरी गरेको सिक्री साहले लिने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

यस्तै साउन १२ गते विराटनगर –४ स्थित शुक्रबारे हटियामा विराटनगर महानगरपालिका ३ बस्ने राजु राईले तरकारी किन्ने क्रममा निजले लगाएको सुनको सिक्री चोरी गरेको यस्तै प्रकृतिको कसुरमा संलग्न रहेको जाहेरी प्राप्त भएको यस घटनाको पनि अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर