animated ellipse animated ellipse

रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनको शाखा अव विराटनगरमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०७७, बुधबार २१:२१
3
Shares
विराटनगर / रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनको शाखा विराटनगरमा सञ्चालनमा आएको छ ।

विराटनगरस्थित दुर्गा मार्केट विराटनगरमा आज रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालीका सन्जिता परियारद्धारा पार्लरको उद्धघाटन गरेकी हुन् ।

काठमाण्डौ मलको तेस्रो तलामा मुख्य पार्लर रहेको रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुन विराटनगरमा एलिजा गुरुङले उक्त पार्लरको शाखा सञ्चालनमा ल्याएकी हुन् । विराटनगरकी एलिजा गुरुङ विगत २ वर्षदेखि रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुन काठमाण्डौमा काम गर्दै आईरहेकी थिईन । आफुले गर्दै गरेको काम आफ्नै ठाँउमा गरौं भन्ने उद्देश्यले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको उनले बताईन् ।

उनको अनुसार पार्लरमा महिला र पुरुष दुवैका लागि सेवा दिईने छ । महिलाको पार्लरमा पुरुष पस्न नहुने भ्रमलाई चिर्नका लागि साथै रोजगारीको अवसरका लागि पनि उनले महिला र पुरुषका लागि नै पार्लर संचालनमा ल्याएको बताईन ।

उनले पुरुषको कपाल काट्न, वाक्स, मेनिकेयर जस्ता सेवा दिनका लागि एक जनालाई रोजगारी पनि दिएकी छिन् । उनले भनिन् हाम्रो समाजमा महिला र पुरुष विचको विभेद अझै हटेको छैन, त्यहि विभेदलाई हटाउने यो पहिलो मेरो प्रयास हो ।

लकडाउन कार्यान्यवयन हुनभन्दा अगावै विराटनगरमा शाखा सञ्चालनमा ल्याउने योजना भएको भए पनि लकडाउनका कारण योजना सफल नभएको रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालीका संजिता परियारले जानकारी दिईन् । बन्दाबन्दीको अवस्थामा केहि खकुलो भएसँगै पार्लर सञ्चालन ल्याएको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर