खबर पूर्वाञ्चल
नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो । ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७३ रन बनाएका हुन् । त्यस्तै आरिफ शेखले २० बलमा २५ रन बनाउँदा आसिफ शेखले १४ रन, ज्ञानेन्द्र मल्ल १३ रन, प्रदीप ऐरीले ४ रन बनाउँदा शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।
विराटनगर र चार देशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।
यस टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको गुमाई १३५ रन बनाएको हो । ओमानका कप्तान जीशन मक्सुदले अजिवित रहँदै सर्वाधिक ४३ रन जोडे । उनले ४१ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, महमद नदिमले ३१ रन, कश्यप प्रजपति ११रन, जतिन्दर सिंह १३ रन, शोइब खान ११रन , आयन खान ११ रन र कुर्राम नवाजले ६ रन बनाए ।
नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।
तपाईको प्रतिक्रिया