AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वर्तमान गठबन्धनलाई दललाई आगामी निर्वाचनसम्म लैजानु पर्छ– नेता गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७८, आईतवार १७:५२
225
Shares
विराटनगर / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् ।

आज दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पारे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरुको सुझबुझअनुसार मूलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसदबाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै नेता गच्छदारले विगतमा आफ्नो पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुंदे सम्झौता गरेको जानकारी दिए ।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पु¥याएको धारणा व्यक्त्त गरे । उनले नेकांका अन्य नेताले के भन्नु भयो त्यो थाहा नभएको बताउँदै गठबन्धनबाट नेकांले निर्वाचनमा फाइदा लिनु पर्नेमा जोड दिए ।

‘प्रतिपक्षले संसद अवरुद्ध गरिरहेको हुनाले गरेको ताजा जनादेश आवश्यक रहेको छ’ भन्दै उनले यस सम्वन्धमा अन्य वैकल्पिक उपायका वारेमा छलफल चलिरहेको धारणा व्यक्त्त गरे । नेता गच्छदारले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुन सवैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर