आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित, जितपछि उक्लियो शीर्ष स्थानमा

खबर पूर्वाञ्चल, १० आश्विन २०७७, शनिबार ०६:५९

विराटनगर / दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएकोे छ ।

गएराति भएको खेलमा दिल्लीले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । चेन्नइको प्रतियोगितामा लगातार दोस्रो हार हो । दिल्लीसँग पराजित भएको चेन्नई तालिकाको पाँचौं स्थानमा झरेको छ ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३१ रन मात्रै बनाउन सक्यो । उसका लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाउँदा केदार जादवले २६ रन, कप्तान धानीले १५ रन, सेन वाटसनले १४ रन,रविन्द्र जडेडाले १२ रन र मुरली विजयले १० रनको योगदान गरे । दिल्लीका लागि कागिसो राबाडाले ३ विकेट लिएँदा एनरिक नोर्कियाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो । राम्रो शुरूवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शिखर ३५ रन बनाउँदै आउट भए भने पृथ्वी अर्धशतकीय पारी खेलेर ६४ रन बनाउँदै पेभेलियन फर्किए । त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गर्दै दिल्लीलाई उकासेका थिए । ऐयर २६ रन बनाएर आउट भए भने पन्त ३७ रनमा नटआउट रहे । चेन्नाईका पिउस चावलाले दिल्लीको २ विकेट लिँदा साम करणले १ विकेट लिए । आजको खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५