ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घन्टामा थप १ सय ८९ जना कोरोना भाइरस संक्रमित थपिएसँग नेपालमा १४ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७७, शनिबार १७:०७
3
Shares
काठमाण्डौ / पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ८९ जना कोरोना भाइरस संक्रमित थपिएसँग १४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ सय ८९ जना कोरोना भाइरस संक्रमित थपिएसँग नेपालमा १४ सय १ पसगेको हो । आज भेटिएका १ सय ८९ जना संक्रमितमध्ये १ सय ८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २४ जना संक्रमित भेटिएका छन् । उनीहरु १६ देखि ६० वर्षका उमेर समुहका छन् ।

यस्तै सर्लाहीका १७ जनामा कोरोना संक्रमण दृृेखिएको छ भने सिराहामा ११ र सप्तरीमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै कपिलवस्तु, यहोधराका २९ जना, कपिलवस्तुकै विजयनगरका ३ जना, धनुषाका ७ जना, रौतहटका ६ र महात्तरीका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्सा पसौनीमा २ जना र बारा हर्दियाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । यता दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् भने दाङमा ५ जना, संखुवासभामा २ जना र झापामा २ जना कोरोना संक्रमित थप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर