animated ellipse animated ellipse

मोवाईल चोरीको आरोपमा विराटनगरबाट २ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०७७, शनिबार १६:४६
3
Shares
विराटनगर/ मोवाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरी बेलही चपेना गाउँपालिका ३ का २४ वर्षिय सञ्जय मण्डल र सोही ठाउँका २० वर्षिय ओमकुमार मण्डललाई मोरङ प्रहरीले मोवाइल चोरी आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले असार ३० गते विराटनगर महानगरपालिका १३ स्थित सैनिक टोल ममताकुमारी मण्डलको डेरा कोठामा राखेको मोवाईल तथा पावर बैंक समेत चोरी गरेको आरोप छ । मण्डलले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शुक्रबार विराटनगर महानगरपालिका ४ स्थित राजेन्द्रकुमार कार्कीको घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर