AArya
RUMPUM
animated ellipse animated ellipse

सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सत्तारुढ दल कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०८०, बिहीबार १६:५३
450
Shares
फाइल तस्वीर
विराछनगर /सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै  पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

शर्मा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मालाई पक्राउ गरिएको कारण भने खुलाइएको छैन ।शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए। शर्मा काठमाण्डौ मेडिकल कलेज र विराटनगरको नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर