MERRYLAND
KANTIPUR COLLEGE

प्रदेश १ मा ७९२ संक्रमणमुक्त, १४ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २० असार २०७८, आईतवार १७:२१
1.26k
Shares

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।

प्रदेश १ मा सोहि अवधिमा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, ते¥हथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बा¥हदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहवी र इनरुवामा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २२८ रहेको छ । प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १२७५ पुगेको छ । जस्मा ३८१ महिला र ८९४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ११ जना संक्रमितको मृत्यु भएको छ भने मोरङका २ जनाको मृत्यु भएको छ । त्यस्तै झापाका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५