वीपीमा २ जना संक्रमितको उपचारका क्रममा मृत्यु

खबर पूर्वाञ्चल, ३ श्रावण २०७८, आईतवार १७:२२

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान उपमहानगरपालिकाका एक बृद्ध र महिलाको उपचारका क्रममा मृत्यु भएको हो। सहप्रवक्ता पोखरेलले उपमहानगरपालिका ११ का ७१ वर्षीय बृद्धको आज विहान करिब सवा १ बजे मृत्यु भएको हो । असार २१ गते कोरोना संक्रमण पुष्टि भएका बृद्धलाई थप उपचारका लागि असार २५ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। बृद्धमा दीर्घकालिन रोगबारे कुनै कुरा यकिन नभएको प्रतिष्ठानले जनाएको छ।

त्यसैगरि अर्कोतर्फ प्रतिष्ठानमै उपचाररत धरान ४ की ३७ वर्षीया महिलाको पनि मृत्यु भएको छ। सहप्रवक्ता पोखरेलले महिलामा असार २८ गते कोभिड १९ पुष्टि भएको जानकारी दिए। महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोहीदिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। दीर्घ रोगबारे यकिन नभएको जनाएको प्रतिष्ठानले महिलाको मृत्यु साउन २ गते शनिबार बेलुका साढे ७ बजे भएको प्रस्टाएको छ।

यससंगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमितको उपचारका क्रममा २ सय ९४ जनाको मृत्यु भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५