RUMPUM
animated ellipse animated ellipse

यो गठबन्धन राष्ट्रका लागि पिलो हो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ आश्विन २०८०, शुक्रबार १७:०९
90
Shares
विराटनगर / एमाले नेतृत्वको सरकारले ३ बर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।

एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गरे ।

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आलोचना गर्दै देउवा पाँच पटक र प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री भएपनि केही काम गर्न नसकेको आरोप अध्यक्ष ओलीले लगाए ।

अध्यक्ष ओलीले राज्यबाट ज्यादतीपूर्ण व्यवहार भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको उनको भनाइ थियो । ‘सरकार अपराधी छोड्न सिफारिस गर्ने, राष्ट्रपति कांग्रेसको त्यसमा पनि तरुण दलको सभापति नै भएपछि मान्छे काटे पनि माफि दिनुपर्छ भनेर छोड्ने अनि कांग्रेसका नेताहरु अपराधीलाई फुलमाला लगाउने काम गरिरहेका छन्, विपक्षीलाई मुद्दा लगाउने ज्यादतीपूर्ण व्यवहार सरकारले गरिरहेको छ,’ अध्यक्ष ओलीले भने ।

अधिकांशी समय सरकार र सत्ता गठबन्धनलाई गाली गर्नमै खर्चेका अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा पनि दिए । ‘यो गठबन्धन नेपालका लागि पिलो हो, पीडा हो र जनताका लागि आँशु हो आँशु,’ अध्यक्ष ओलीले भने ‘अहिले शिक्षकहरु सडकमा छन्, पेशाकर्मीहरु आन्दोलनमा छन्, उद्योगीहरु सडकमा छन्, उद्योग कसरी चलाउने, ब्याज कसरी तिर्ने भनिरहेका छन् र यो बेलामा दक्षिणपन्थी अतिवादी शक्ति र हिंसा भड्काउन खोज्ने तत्वहरु फाइदा लिन खोज्दैछन् ।’ उनले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिनाअर्थको विदेश भ्रमण गरेको टिप्पणी गरे । ‘प्रधानमन्त्री छुट्टी मनाउन विदेश गएजस्तो छ, दुई हप्ता लामो विदेश भ्रमण कुनै देशका प्रधानमन्त्रीले गर्दैनन्, बरु हामीजस्ता रिटायर्ड भएकाले गर्दा मिल्छ,’ उनले भने ‘भ्रमणमा गएर देश र राष्ट्रिय हितको पक्षमा बोल्न नसक्ने, सीमाको समस्या उठाउन नसक्ने भ्रमण किन गर्नुपर्याे । दक्षिण जाँदा गेरु बस्त्र लगाउने, १०८ किलो रुद्राक्ष चढाउने, उत्तर जाँदा मानसरोबरमा डुबुल्की मार्ने बाहेक भ्रमणमा केही भएको छैन ।’

एमाले मात्रै जेष्ठ नागरिक , महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताए । एमाले नेतृत्वको सरकारमा आफुले उत्पात काम गरेको बताउँदै अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई प्रश्न गरेका थिए । ’महिलाका लागि केही गर्नु भो? शिक्षामा केही गर्नु भो ? उहाँहरुले केही गर्नु भएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार