खबर पूर्वाञ्चल
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल पत्रकार महासंघ मोरङद्वारा संयुक्त रुपमा आज विराटनगरको कञ्चनजंगा पार्टी प्यालेसमा आयोजित एक दिने कानुन पत्रकारिता तालीमको उद्घाटन गर्दै मन्त्री भण्डरीले अदालतको न्याय निरुपण तथा कानुन अध्ययन गरी समाचार सम्प्रेषण गरेमा समाजप्रति विश्वसीयन हुने बताए ।
मन्त्री भण्डारीले वर्तमान अवस्थामा नाम चलेका तथा ठूला मिडियाले कानुनी दृष्टिकोणमा कयौ समाचार उपयुक्त नरहेको बताए ।
महासंघकी मोरङ अध्यक्ष शुसिला पाठक, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेल, महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ , महासंघ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल, पत्रकार महासँघ कोशीका सल्लाहकार विवेक गौतमले कानुनको छिद्रताको प्रयोग गरी संचारकर्मी र सञ्चारगृह प्रति भएको दुव्र्यवहार सह्य नहुने बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले कानुन, अदालत र न्याय विषयमा र विराटनगर उच्च अदालत वार एशोसियशनका सचिव अधिक्ता विनोद तिमसिनाले साइवर अपराध र समाचार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । तालीममा ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।