AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजद्धारा कक्षा १२ का विद्यार्थी विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ चैत्र २०८०, शुक्रबार १८:१८
90
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ ।

विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले आज एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।

१५ औं ब्याजका विज्ञान र व्यवस्थापन संकायका १ हजार ५० जना विद्यार्थीहरूलाई विदाई गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए । ‘विद्यालयमा सिकेको ज्ञान व्यवर्हानमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहन्छु ।’

कार्यक्रममा विज्ञान संकायका को–र्डिनेटर नविनकुमार रोय, व्यवसंस्थाप संकायका को–डिनेटर शंकर भट्टराइ, निर्देशक शैलेन्द्र शिवाकोटी भुपेन्द्र दाहाल, रमेशकुमार मण्डल, राजेन्द्र प्रसाद यादवर ललित नारायण मन्दार, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरुलाई सफताको शुभकामना दिए । कलेजका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर