RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पोमा प्रविधिलाई दिइयो विशेष ध्यान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७९, बिहीबार १३:२७
162
Shares
विराटनगर / विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ ।

विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको छ । एक्पोमा टिकट पनि इसेवाबाटै काट्न पाइने व्यवस्था गरिएको इसेवाले जनाएको छ ।

एक्स्पोमा राखिएको इसेवाको स्टलमा खेलका माध्ययमबाट पनि इसेवाको प्रयोग गरी कसरी समान खरिद गर्ने, बिजुली, पानीको बिल तिर्नेलगायतका विषयमा जानकारी दिने व्यवस्था गरिएको इसेवाकी सन्ध्या मण्डलले जानकारी दिइन् ।

मण्डलका अनुसार एक्स्पोमा राखिएको इसेवाको स्टलमा अनलाइनको माध्ययमबाट इसेवाबाट कसरी भुक्तानी गर्ने भन्ने बारेमा जानकारी लिन दैनिक रुपमा ५ सय बढी अवलोकनकर्ताहरू आइरहेका छन् । यसैबीच पुस १० सम्म आयोजना हुने एक्पोमा दैनिक रुपमा आयोजना भइरहेका साँगीतिक, साँस्कृतिक कार्यक्रममा दर्शकको ओइरो लाग्ने गरेको छ ।

बुधबार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता :औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिएको थियो । बिहीबार गायक गिरिस खतिवडाको प्रस्तुति रहने छ ।

दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर