AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योगी राउतद्वारा दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७८, मंगलवार ०८:०६
378
Shares
विराटनगर / मारुती सिमेण्ट प्रालिका संचालक एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहाकार उद्योगी राजेन्द्र राउतले सिन्धुलीको दुधौली नगरपालिकाको १४ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेका छन् ।

दुधौली नगरपालिका–१४ मा सोमबार एक कार्यक्रमको आयोजना गरि उद्योगी राउतले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ककुरठाकुरलगायत आसपासका क्षेत्रका बसोबास गर्ने मानिसहरुलाई स्वास्थ्यमा पहुँच बढाउने उदेश्यले एम्बुलेन्स प्रदान गरिएको जनाइएको छ ।

दुधौली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

स्थानीयहरुलाई सिमेन्ट उद्योगहरुले विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उद्योगी राउतले आगामी दिनमा पनि थप सहयोग उपलब्ध हुने बताए । उनले मेयर राउतस“गकै सहकार्यमा नेपाल सरकारबाट राजश्व छुटमा ल्याईएको एम्बुलेन्स प्रदान गरिएको जानकारी दिए ।

सोही अवसरमा मेयर राउतले बुझेको एम्बुलेन्सको चाबी वडा नं. १४ का वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई हस्तान्तरण गरेका थिए । मेयर राउतले अन्य ६ वटा वडाहरुलाई नगरपालिकाले नै एम्बुलेन्स दिएको भएपनि पालिकाको विकट वडा मानिएको १४ नम्बर वडालाई भने मारुति सिमेन्ट उद्योग प्रालिले एम्बुलेन्स सहयोग गरेको बताए ।

मारुती सिमेन्ट उद्योगमा आवश्यक पर्ने चुनढुंगा सिन्धुलीकै ककुरठाकुरबाट ओम शिवं मल्टिप्रपोज प्रालिले ढुवानी गर्दै आएको छ ।

मारुती सिमेण्टका लागि उक्त प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन गरि उद्योगसम्म पु¥याइरहेको छ । खानी क्षेत्रका बासिन्दालाई स्वास्थ्य क्षेत्रमा पहुँच बढाउनका लागि सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा सहयोगहरु गर्दै आएको जनाइएको छ ।

वडाध्यक्ष थापा मगरले वडाको पूर्वधार तथा विद्युत, तटबाँध लगायतका विकास कार्यमा प्रालिले स्थानीयलाई रोजगार समेत उपलब्ध गराउने गरेको बताए । उनले हाल ३० जना स्थानीयले गाउँमै रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले जानकारी दिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रालिका संचालक उद्योगी राउतलेले एम्बुलेन्सभित्र आवश्यक पर्ने ईसिजी मोनिटर र अक्सिजन सिलिण्डर लगायतका थप एकलाख रुपैयाँको बराबरको सहयोग गरिने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर