कटहरी १ को वडा कार्यालयको आफ्नै भवन बन्दै

खबर पूर्वाञ्चल, २३ मंसिर २०७९, शुक्रबार १३:२४
144
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।

७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको आज शिलान्यास भएको हो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गरेका थिए । यस अघिदेखि महेशपुरमा रहेको गणेश प्राथमिक विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो ।

गणेश प्राविको नाममा रहेको सोहि जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत बिलो ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ ।

२१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । मंसिर १५ गते योजना शुरु भएर २०८० जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।

भवन निर्माणका निम्ति गाउँपालिकाले नै बजेट बिनियोजन गरेको छ । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको जानकारी दिए ।

वडा नम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयकालागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनले जानकारी दिए । वडा नम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाह गर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५